Connect with us
Advertisement

के यसरी नै हुन्छ त सुन्दरहरैँचाकाे विकास ? २८ लाखकाे भवनमा अनियमितता: ज्येष्ठ नागरिक समाज

Published

on

 विराटचाेक : मोरङको सुन्दरहरैंचा नगरपालिकामा निर्माण भएको ज्येष्ठ नागरिक भवन विवादमा आएको छ । संघीय सरकारबाट प्राप्त रकमको २७ लाख ८५ हजार ८ सय ३७ रुपैयाँमा नगरपालिकाले २०७६ चैत २० गते सावना निर्माण सेवा दुहबी– ५ सुनसरीलाई भवन निर्माणको ठेक्का दिएको थियो ।

४० फिट लम्बाइ र ३२ फिट चौडाइ भएको भवनमा २ ओटा ढोका र ६ ओटा झ्याल रहेका छन् । सो भवन निर्माणका लागि नगरपालिकाका सब इञ्जिनियर अम्बिका गुरागाईले स्टिमेट तयार पारेका थिए । यस विषयमा जनप्रतिनिधिदेखि स्थानीयले उनीमाथि अनुसन्धान गर्नुपर्ने बताए । यसरी निर्माण हुने अन्य क्षेत्रमा पनि अनियमितता भएको हुन सक्ने स्थानीयको आरोप छ ।

बुधबार यो भवनको तस्बीरसहित सरकारका पूर्व सचिव भीम उपाध्यायले २८ लाखको भवन भन्दै सामाजिक सञ्जालमा राखेपछि यसले चर्चा पाएको हो । यसपछि नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल, इञ्जिनियर सुनिल अधिकारी, जनप्रतिनिधि, पत्रकार लगायतको टोलीले स्थलगत अनुगमन गरेको थियो । यस विषयमा सबैले अनियमितता भएको प्रष्ट देखिने एउटा गतिलो उदाहरण भएको बताएका थिए ।

उता भवनको ठेक्का लिएको सावना निर्माण सेवाका अब्दुल हुसेनले आफूले २०\२१ लाख रुपैयाँबराबरको काम गरेको र थप काम गर्न बाँकी रहेको बताए । २० लाख रुपैयाँ बराबरको के काम गर्नुभयो र बाँकी काम के गर्नुपर्नेछ भनी सोध्दा उनले सो कामको लागि आफूले ६ महिनाको समय थप पाएको र थपिएको समयमा काम पूरा हुने बताए । पेटी लगाउने, झ्याल तथा ढोका राख्ने र सोलारको काम बाँकी रहेको उनले बताए । अब ७\८ लाख रुपैयाँबराबरको काम हुन बाँकी रहेको भन्दै यस विषयमा आफूले थप नबोल्ने उनले फोन सम्पर्कमा बताए ।

लक्ष्मीनारायण मन्दिरको जग्गामा ज्येष्ठ नागरिकको सामुदायिक भवन निर्माण भएको हो । भवनका बारेमा वडा नम्बर ३ का वडाध्यक्ष जीवनप्रसाद ढुंगानाले आफूले निर्माण हुनुभन्दा पहिला बारम्बार उपभोक्ताबाट काम गर्नुपर्ने भन्दै अनुरोध गरेको बताए । त्यस क्रममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले संघीय सरकारबाट प्राप्त बजेट सबै टेन्डर प्रकृयाबाट मात्र हुने बताएपछि यो भवन निर्माण भएको तर के कति लागतमा निर्माण हुुँदैछ भन्ने आफूलाई कुनै जानकारी नभएको बताए । ज्येष्ठ नागरिकको सामुदायिक भवन भनेको विषयमा आफू अनभिज्ञ रहेको उनको भनाइ थियो ।

वडा नम्बर ३ को ज्येष्ठ नागरिक समितिका अध्यक्ष भीमबहादुर कार्कीले यो भवनका विषयमा सबैसँग कुरा उठाएको र कसैबाट सुनुवाइ नभएको बताए । आफूहरुको नाममा आएको बजेटमा चरम भ्रष्टाचार भएको र यो भवन ज्येष्ठ नागरिक समितिका सदस्य कसैसँग पनि समन्वय नगरी निर्माण गरेको उनको भनाइ छ । २८ लाख खर्च भएको भनी लोकले नपत्याउने उनले बताए ।

यो ठाउँकै बदनाम हुने गरी काम गर्ने कर्मचारीबाटै भ्रष्टाचार भएको हुन सक्ने उनको भनाइ थियो । आँखामा छारो हाल्ने गरी इञ्जिनियरले घोटाला गरेको भन्दै यो भवनमा पाइला नटेकेको तर संघीय सांसद लालबाबु पण्डितले अनुगमन गर्ने भन्ने सुन्दा पहिलो पटक मंगलबार भवनमा टेकेको उनले बताए ।

यस विषयमा सांसद पण्डितसँग समेत असन्तुष्टि जनाएको उनले बताए । कतै न कतैबाट अनियमितता भएको हुन सक्ने पण्डितले बताएको उनले बताए । यो भवन सम्पन्न भएपछि ज्येष्ठ नागरिक समितिले जिम्मा लिन्छ भन्ने प्रश्नमा उनले यो भवन कुनै पनि हालतमा जिम्मा नलिने बताए ।

यस विषयमा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले आफू अनुगमन गर्न गएको तर इञ्जिनियरले नाप्ने भएकाले हेर्दा २० लाख सम्ममा निर्माण सम्पन्न हुन सक्ने देखिएको बताइन् । प्राविधिक इस्टिमेट हेर्दा पनि सामान्य नागरिकले पनि यसको विषयमा केही कमजोरी देख्ने उनको भनाइ थियो । प्राविधिकले नापजाँच गर्ने भए पनि हेर्दा त्यत्रो रकम नलाग्ने देखिएको उनले बताइन् । काम भएसम्मको मात्र भुक्तानी नगरले दिने उनको भनाइ छ ।

यस विषयमा नगरपालिकाका इञ्जिनियर सुनिल अधिकारीले यसको मूल्याङ्कन २४ लाखको भएको भन्दै अहिले हेर्दा १५ लाख सम्मको मात्र काम सम्पन्न भएको बताए ।

यो भवनका विषयमा जनप्रतिनिधिदेखि स्थानीयले विरोध जनाउँदै भ्रष्टचार भएको हुन सक्ने बताएका छन् । यस विषयमा बुझ्न नगरपालिकासँग इस्टिमेट माग्दा प्रमुख प्रशासकीय अधिकृत दामोदर चापागाईं कार्यालयभन्दा बाहिर भएकाले अन्य कर्मचारीले दिन आनाकानी गरेका थिए । आमनागरिकले २८ लाखमा कस्तो घर बनाउँथे होला र सरकारले बनाउने निर्माणमा यस्तो फितलो र लाजमर्दाे काम किन भइरहेको छ सबैले बुझ्न जरुरी छ ।

Banner

आज – २८ बैशाख २०८१ शुक्रवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । वस्त्र लाभ पनि हुनसक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको लागि दौडधुप गर्नु पर्नेछ । चोटपटक पनि लाग्न सक्छ, तर आफन्तले सहयोग गर्नेछन् ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विशेष यात्रा पनि हुनसक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । झैझमेलाको अवस्था पनि आउला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रा पनि हुनसक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । राज्यबाट मान सम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । वाहन सुख पनि मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभकार्यमा सहभागिता जनाइने छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । पुँजी बजारमा सफलता मिल्ने र आर्थिक क्षेत्र राम्रै होला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धर्म र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रका अधुरा कार्यबाट सफलता मिल्नेछ । आफ्नो शेयर बजारको क्षेत्रमा सफलता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेमको बन्धन कसिने बेला छ । मुद्दा मामिलामा सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Banner

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई सुरक्षा अधिकारी पक्राउ

Published

on

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारीलाई पक्राउ गरिएको छ ।

युक्रेनको राज्य सुरक्षा सेवा (एसबीयू) ले सुरक्षा इकाईका दुई कर्णेललाई हिरासतमा लिइएको छ र रुसलाई गोप्य जानकारी चुहाएको आरोप लगाइएको जनाएको छ ।

एसबीयूले रूसको राज्य सुरक्षा सेवा सँग सम्बन्धित एजेन्टहरूको नेटवर्कको पर्दाफास भएको बताउँदै उनीहरूले जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको र ति योजना असफल बनाएको बताएको छ ।

एसबीयूले उनीहरुले एसबियुका प्रमुख र युक्रेनको रक्षा गुप्तचर प्रमुखसहित अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूलाई पनि निशाना बनाएको बताएको छ ।

फेब्रुअरी २०२२ मा रसियाले युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु गरेदेखि जेलेन्स्कीले आफ्नो जीवनमा धेरै प्रयासहरूको सामना गरेका छन् ।

माइकोलाइभको दक्षिणी युक्रेनी क्षेत्रकी एक महिलालाई जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा अगस्ट २०२३ मा पक्राउ गरिएको थियो । उनलाई मार्नको लागि रूसी हवाई हमलाको योजना बनाउन माइकोलाइभको नियोजित भ्रमणको बारेमा गुप्तचर सङ्कलन गरेको आरोप थियो ।

Continue Reading

Banner

च्याम्पियन्स लिग : पीएसजीलाई हराउँदै डर्टमन्ड फाइनलमा

Published

on

यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई हराउदै जर्मन क्लब बोरुसिया डर्टमन्ड फाइनलमा पुगेको छ । पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा गएराति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा डर्टमन्डले पीएसजीलाई १–० ले हराएको हो । उसका म्याट्स हुमेल्सले खेलको ५० औँ मिनेटमा गोल गरे ।

यसअघि भएको पहिलो लेगमा घरेलु टोली डर्टमन्डले १–० को अग्रता लिएको थियो । समग्रमा २–० को जितसहित डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । अर्काे सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिड र बार्यन म्युनिख खेल्दैछन् । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन २ तारिखमा हुनेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक